logo-img

बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर

नेपालमा हाल पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायमै छ । जसकारण आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राति कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र बागमतीको केही स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 
 
 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया