logo-img

अष्ट्रेलियन पिआर रहेको भन्दै नलगाड हाइड्रोका सिइओ शाहीविरुद्ध अख्तियारमा उजुरी

नलगाड हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ । शाहीसँग अष्ट्रेलियन पिआर रहेको भन्दै आयोगमा उजुरी परेको हो ।

वैशाख ३१ गते सिइओमा सिफारिस भएका शाहीविरुद्ध वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका देवेन्द्र केसीले आयोगमा उजुरी दिएका हुन् । शाहीसँग अष्ट्रेलियाको पिआर रहेको विदेशी पिआरप्राप्त व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै केसी उजुरी दिएको जनाएका छन् । यस्तै, शाहीसँग सो पदका लागि आवश्यक योग्यतासमेत नरहेको दर्ता गरिएको उजुरीमा उल्लेख छ । 



कम्पनीले १४ फागुन ०८० मा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेको थियो । 

कम्पनीकाअनुसार ३५ वर्ष पूरा भएर ६१ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत् क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कार्य अनुभव गरी १२ वर्षको अनुभव वा स्नातकपछि जलविद्युत् क्षेत्रमा कम्तीमा ४ वर्षको कार्यअनुभव, अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभव र मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापनको अनुभव गरी जम्मा कम्तीमा १२ वर्षको अनुभव भएकाले आवेदन दिन पाइने सूचनामा उल्लेख थियो । 

त्यस्तै, आवेदन दिने व्यक्ति भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने, प्रचलित कानुनबमोजिम कालोसूची वा दामासाहीमा नपरेको हुनुपर्ने पनि जनाइएको थियो । तर, यी सबै मापदण्ड पूरा नगरेको भन्दै शाहीविरुद्ध वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका केसीले आयोगमा उजुरी दिएका हुन् । 

उनका अनुसार राजनीतिक पहुँचको भरमा सिइओ नियुक्त गरिएको छ । शाही ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतका जिल्लावासी हुन् ।



नलगाड हाइड्रोपावर कम्पनी सोही मन्त्रालयअन्तर्गतको कम्पनी हो । डाडु–पन्यु आफ्नो हातमा रहेको मौकाको फाइदा उठाउँदै मन्त्री बस्नेतले योग्यता नहेरी निकटता हेरेर सिइओ नियुक्त गरिएको उनको भनाइ छ । 

नलगाड हाइड्रोपावर : ‘शक्ति’को आडमा अष्ट्रेलियाको पिआरधारीलाई नियुक्ति



  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार १७:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया