आजम खान र मेनका गान्धीलाई पनि चुनाव प्रचारप्रसारमा रोक

भारतीय निर्वाचन आयोगले समाजवादी पार्टीका नेता आजम खान र भारतीय जनता पार्टीकी नेता मेनका गान्धीलाई आचार संहिता उल्लंघन गरेको भन्दै चुनाव प्रचारप्रसारमा रोक लगाएको छ । 

योभन्दा अगाडि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी अध्यक्ष मायावतीलाई चुनाव प्रचारप्रसारमा रोक लगाएको थियो । योगीलाई तीन दिन र मायावतीलाई दुई दिनका लागि चुनाव प्रचारप्रसारमा रोक लगाएको थियो । 

आजम खानले बिजेपी नेता जया प्रदाप्रति गरेको टिप्पणीपछि निर्वाचन आयोगले खानलाई ७२ घण्टासम्म प्रचार गर्न रोक लगाएको छ । 

मेनका गान्धीले सुल्तानपुरका मुसलमानलाई भोट नदिए काम नगर्ने जस्ता अभिव्यक्ति दिएपछि ४८ घण्टासम्म प्रचारप्रसार गर्न नपाउने गरी रोक लगाएको छ । 

 






  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार ८:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया