हलेसी जाँदै गरेकाे बस दुर्घटना, एककाे मृत्यु

काठमाडाैं– काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको बस गएराति ११ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको उपचारका लागि दिक्तेल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँ ल्याइएकाे छ भने अन्य छ जनालाई दिक्तेल लगिएकाे छ । 

चालक र सहचालकसहित १५ यात्रु बाेकेर जाँदै गरेकाे ना४ख ७४११ नंको बस हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । 

बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १०:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया