logo-img

देशभरका गोरखनाथ मन्दिरमा पूजा, आराधनासहित रोट अर्पण
गोरखनाथ मन्दिर, मकवानपुर

गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ । 

रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उनको उत्पत्ति दिवसका अवसरमा रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण्ण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।

नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यही रहेको विश्वास गरिन्छ । प्राचीन कालमा नेपालीले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर ठूला ठूला युद्ध जितेका र विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंशित भएका उदाहरण पनि इतिहासका पानामा भेटिन्छन् । 

महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरुष हुन् । श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिन्छन् । गुरु गोरखनाथले ब्रह्माजीलाइ समेत सृष्टि गर्न सघाएको धार्मिक विश्वास छ । 

गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान थिए भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ ।  





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया