logo-img

दीपेन्द्र सिंह ऐरीले ह्युस्टनसँगको अभ्यास खेल गुमाउने

नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्र सिंह ऐरीले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँगको अभ्यास म्याच गुमाउने भएका छन् । खुट्टाको एंकलको चोटका कारण उनले अभ्यास म्याच गुमाउने भएका हुन् । 

दीपेन्द्र फिट हुन अझै दुई–तीन लाग्ने कप्तान रोहितकुमार पौडेलले जानकारी दिए । दीपेन्द्रले २७ र ३० मेमा हुने वार्मअप खेल र विश्वकपको म्याच भने खेल्नेछन् । विश्वकपको तयारीस्वरूप नेपालले ह्युस्टनसँग अभ्यास म्याच  खेल्न लागेको हो । 

यी दुई टोलीबीचको पहिलो खेल आज राति ९ः४५ देखि सुरु हुनेछ । विश्वकपमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।   





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार १०:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया