ताताेपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

सिन्धुपाल्चोक - २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले चार वर्षदेखि बन्द रहेकाे उत्तरी चीन जाेड्ने तातोपानी नाका जेठबाट सञ्चालनमा आउने भएकाे छ । 

नाकाकाे अवस्था बुझ्न गएकाे हप्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल तातोपानी नाका पुगेको थियो। नाका खुल्नुअघि आवश्यक भौतिक पूर्वाधार विकासको जानकारी लिन सरकारी प्रतिनिधिमण्डल तातोपानी पुगेको प्रतिनिधिमण्डलले बताएकाे थियाे । 

उक्त प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, निर्वाचित सांसद अग्निप्रसाद सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, यातायात सचिव मधुसूदन अधिकारी र सडक विभागका महानिर्देशक राजेन्द्र शर्मालगायत थिए।

प्रतिनिधिमण्डलले  ताताेपानी नाका क्षेत्र भूकम्पले बढी क्षति पुर्याएका विभिन्न ठाउँकाे अवलाेकन गरेकाे थियाे ।

भौतिक पूर्वाधारमन्त्री महासेठले ६ महिनामा तीनपटक नाका भ्रमण गरेका छन्। गत असोजमा गरेको पहिलो भ्रमणमा उनले नेपाल र चीन सरकारबीच जेठ १७ बाट नाका सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिएका थिए। 

चीनले एक महिनाभित्रै मितेरी पुल सक्ने गरी कामलाई तीव्रता दिएको छ। नाकाबाट ६ किलोमिटर तल लार्चामा निर्माणाधीन आधुनिक बन्दरगाहको भौतिक निर्माणको काम र बन्दरगाह पुग्न भोटेकोसी नदीमाथि पुल हाल्ने काम पनि सकिएकाे छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १३:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया