logo-img

एमाले पाल्पाको अध्यक्षमा ओम घर्तीमगर निर्वाचित

नेकपा एमाले पाल्पाको दसौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित भएका छन् । घर्तीमगर सर्वसम्मतरूपमा निर्वाचत भएका एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जानकारी दिए ।  

यस्तै, उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दीपक विश्वकर्मा र मीना जिसी निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर, सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् । 

अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटीको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसकेका छन् । 





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया