logo-img

मुख्यमन्त्री अधिकारीको दाबी : जनताले अनुभूत गर्ने गरी बजेट बनाउँछौँ
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताले सरकारको अनुभूति गर्ने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

कास्कीको मादी गाउँपालिका–७ मा निर्मित थाक समाज घरको आज उद्घाटन गर्दै उनले धेरै बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताए ।  त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री अधिकारीले जानकारी दिए । 



उनले मादी गाउँपालिकालगायत स्थानीय तहको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘बाटो निर्माण भइरहेको छ, यसलाई सिक्लेससम्म पुर्‍याउने कोसिस गर्नेछौँ, खानेपानीलगायत यहाँका समस्या समाधान समाधान गर्न सधैँ सरकारको सहयोग रहनेछ,’ मुख्यमन्त्री अधिकारीले भने । 

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङले यही क्षेत्रको जनप्रतिनिधिको हिसाबले जनताले भोग्नुपरेका समस्या समाधानका लागि आफू क्रियाशील बनेको बताए । त्यसअवसरमा समाजघर निर्माणमा सहयोग गर्ने व्यक्ति तथा जग्गादातालगायतलाई सम्मान गरिएको थियो । 





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार २१:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया