logo-img

विश्वकपको वार्मअप म्याच आजदेखि, पहिलो दिन नेपाल र क्यानडासँग भिड्दै
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको वार्मअप म्याच आजदेखि हुँदै छन् । विश्वकपको पहिलो पहिलो वार्मअप खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।

नेपाल र क्यानडाबीचको खेल सोमबार राति ९ः१५ देखि अमेरिकाको डालासमा सुरु हुनेछ । दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन् । क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो । 



नेपाल उक्त दुवै अभ्यास खेलमा विजयी भयो । नेपाली टिम अब क्यानडाविरुद्ध पनि जित निकाल्दै अपराजित रहन चाहन्छ । हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपाल विजयी भएको विगत छ । यी दुई टिमले पहिलोपटक २१ फेब्रुअरी २०२२ मा टी–२० आई खेलेका थियो, जसमा नेपाल ८ विकेटले विजयी भयो । 

ओमानमा भएको उक्त विश्वकप छनोट खेलमा पहिला ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमै अलआउट भयो । क्यानडालाई सस्तैमा समेट्नेक्रममा तत्कालीन कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । प्लेयर अफ द म्याच घोषित भएका उनले सो खेलमा ४ ओभरमा १२ रन मात्र दिएर सर्वाधिक तीन विकेट लिए । 



यस्तै, उक्त खेलमा अविनाश बोहरा र कमल सिंह ऐरीले दुई/दुई तथा कुशल मल्लले एक विकेट हात पारे । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि अविजित रहेका कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन बनाए । यस्तै, आसिफ शेखले १७ रन जोडे । नेपाली टिम यसपटक पनि उक्त नतिजा दोहोर्याउँदै क्यानडाविरुद्ध दबदबा राख्ने सोचमा छ । 



दीपेन्द्रले खेल्ने सम्भावना न्यून  

नेपाली स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडाविरुद्धको म्याच पनि खेल्ने सम्भावना न्यून छ । उनी अहिले खुट्टाको एंकलका चोटका कारण विश्राम गरिरहेका छन् । र, कप्तान र प्रशिक्षक दीपेन्द्रलाई क्यानडासँगको खेलमा खेलाएर जोखिम लिन चाहँदैनन् । 

उनले क्यानडाविरुद्धको वार्मअप म्याच खेल्ने सम्भावनाबारे कप्तान रोहितकुमार पौडेलले भनेका छन्, ‘वार्मअपको पहिलो खेलमा दीपेन्द्रलाई सोचेका छैनौं । दोस्रो खेल अवस्था हेरेपछि थाहा हुन्छ । अहिले उहाँलाई हेर्दा सबै कुरा ठिक जस्तो लागेको छ । जोखिम लिदैनौँ, किनभने हाम्रो मुख्य उद्देश्य वार्मअपभन्दा पनि विश्वकप हो । त्यसैअनुसार तयारी गरेका छौँ ।’ दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँगको दुई अभ्यास म्याच पनि खेलेका थिएनन् ।

क्यानडाविरुद्ध नेपालले सम्भावित प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी,  करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।  

  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार ७:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया