मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट वैशाख १८ देखि

काठमाडाैं– पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा स्थापित मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा मनमोहन स्मृति अन्तरप्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाख १८ देखि सुरु हुने भएको छ ।

प्रतियाेगिता एक हप्ता सञ्चालन हुने र प्रतियोगितामा सातै प्रदेशले प्रतिस्पर्धा गर्ने मंगलबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा आयाेजकले जानकारी दिएका छन् । प्रतियाेगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । 

सात प्रदेशलाई दुई समूहमा विभाजन गरि खेल सञ्चालन गरिनेछ । एक समूहमा चार र अर्काे समूहमा तीन टिम रहनेछन् । 

समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । लिगका ९, सेमिफाइनल र फाइनल गरी प्रतियोगिताका कुल १२ खेल हुनेछ । ३० ओभरको खेल सेतो बलमा खेलाइने छ ।

प्रतियाेगितामा विजेता हुने टिमलाई २ लाख ५० हजार नगद र २ लाख ५० हजारबराबरको खेल सामग्री प्रदान गरिनेछ । यस्तै, उपविजेतालाई १ लाख २५ हजार नगद र १ लाख २५ हजारबराबरको खेल सामग्री प्रदान गरिने मनमोहन मेमोरियल क्रिकेट सेन्टरले जनाएकाे छ ।

सेन्टरले आयाेजना गरेकाे यो दोस्रो संस्करणकाे प्रतियाेगिता हाे।





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १०:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया