logo-img

सुर्खेतमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो, दुईजना घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार दुर्घटनामा मृत्यु भएका चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको छ । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी छ । आज बिहान कालीकोटतर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत सडकखण्डमा दुर्घटनामा परेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेका थिए । 





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया