सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ।

कामपाको वडा नं १५ बाट शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था रहेकाे जानकारी दिइएकाे छ।

पहिलो चरणमा १५ वडामा रहेका करिब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। उनका अनुसार अहिले परीक्षणको रूपमा यस वडामा शुरु गरिएको हो।

बजेट, जनशक्ति र व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिनेछ।

कामपामा रहेका ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्ने हेतुका साथ यस कार्यक्रम सञ्चालन गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ।

यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ। कामपामा हाल ३२ वडा रहेको छ।





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १२:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया