प्रधानमन्त्रीद्वारा पत्रकार श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

श्रेष्ठको निधन भएको खबर पाएपछि प्रधानमन्त्री ओलीले बुधबार ट्विट गरेर श्रद्धाञ्जली दिएका हुन् । 

ओलीले वरिष्ठ पत्रकार श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको बताएका छन् । उनले ट्विटरमा भने, ‘नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको उमेरमा आज बिहान निधन भएको खवर पाउँदा मलाई दुःख लागेको छ ।’ 

 

प्रधानमन्त्री ओलीले दुःखको यस घडीमा दिवंगत श्रेष्ठप्रति श्रद्धा–सुमन अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन् ।  



वरिष्ठ पत्रकार श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ११ निधन भएको थियो । 

चिकित्सकले पछिल्लो समय श्रेष्ठमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरेका थिए । पाँच महिनाअघि नाकमा समस्या देखिएपछि उपचारका लागि बयोधा हस्पिटलमा भर्ना भएका श्रेष्ठको मृगौलासम्बन्धी रोग देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।



कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेका श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १३:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया