बालुवाटारमा विराेधमा उत्रिएका विवेकशीलका १७ पक्राउ

काठमाडौं– बालुवाटारकाे ललिता निवासकाे जग्गा व्यक्तिकाे नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना बुधबार पक्राउ परेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै दलका संयोजक उज्जल थापासहित १७ जनालाई प्रहरीले  पक्राउ गरेको हो। 

भूमाफियाले सरकारी जग्गा कब्जा गर्न खोजेको भन्दै उनीहरू राष्ट्रिय झण्डासहित बालुवाटार पुगेका थिए। प्रहरीले पक्राउ गरेर उनीहरूलाई कमलपोखरी प्रहरी बिटमा राखेको छ। 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १४:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया