महिला भलिबल : नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी

बाँके– नेपालगन्जमा जारी आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१३ को जित निकालेको पुलिसले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा पनि २५–११ को जित निकाल्न सफल भएको हो । बुधबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर २ लाई पनि सोझो सेटमा पराजित गरेको छ । 

पहिलो सेटमा २५–६ को जित निकालेको गण्डकी प्रदेशले दोस्रो सेटमा २५–७ र तेस्रो सेटमा २५–९ को जित निकाल्न सफल भएको हो । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १४:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया