विदेश पढ्न जाँदा मात्रै ३२ अर्ब बाहिरियो

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालीहरू विदेश पढ्न जाँदा मात्रै ३२ अर्ब १७ करोड रुपैयाँ रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेकोे तथ्यांकमा यस्तो देखिएको हो । 

राष्ट्र बैंंकले हरेक महिना देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गर्छ । सो प्रतिवेदनमा पढाइसहित अन्य विभिन्न कामले नेपालीहरू बिदेसिँदा ६१ अर्ब ४९ करोड खर्च भएको जनाइएको छ । यो गत वर्षको भन्दा २१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ५० अर्ब ८३ करोड रुपैयाँ मात्रै बिदेसिएको थियो । 

यस्तै, विदेशबाट नेपाल आएका पर्यटकले भने सोही अवधिमा ४७ अर्ब ५८ करोड खर्च गरेका छन् । यो अघिल्लो वर्षको भन्दा ९.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विदेशीहरूले नेपाल आएर ४३ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका थिए । 

राष्ट्र बैंकको तथ्यांकअनुसार पर्यटनका लागि नेपालबाट बाहिरिने रकम भित्रिने रकमभन्दा १२ अर्ब ३० करोडले बढी छ । अघिल्लो वर्ष भने २ अर्ब ४५ करोड मात्रै बढी थियो । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १६:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया