नेपाललाई कुवेतले दियो १५८ रनको लक्ष्य

काठमाडौं– आइसिसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल कुवेतसँग भिड्दै छ  । कुवेतले पहिले ब्याटिङ गर्दै नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनायो । 

कुवेतका नोम्यान बुड्रोले सर्वाधिक ७० रन जोडे । अन्तिम विकेटका रुपमा ४९.४ ओभरमा रनआउट हुनुअघि १२० बल खेलेका नोम्यानले ८ चौका हिर्काए । 

गोकुल कुमारले ६६ बलमा ३६ रन जोडे । उनलाई नेपालका सूर्य तामाङले आउट गरे । हमौद अमानुल्लाहले ४५ बल खेल्दै १७ रन बटुले । 

नेपालका पिके पौडेलले सर्वाधिक ३ विकेट गिराए । जम्मा ३ ओभर बलिङ गरेका पौडेलले १ चौकासहित १३ रन खर्चिए । रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २ विकेट लिए । 

नेपालले ब्याटिङ सुरु गरेकाे छ । ओपनिङमा पवन सर्राफ र रित गौतम ब्याटिङ गर्दै छन् । 





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १०:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया