भारतीय लोकसभा निर्वाचन : दोस्रो चरणमा ११ राज्यका ९५ सिटमा मतदान हुँदै, २ सिटको चुनाव रोकियो

नयाँदिल्ली– भारतमा लोकसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान भइरहेको छ । दोस्रो चरणमा आज ११ राज्यको ९७ सिटमा मतदान हुनुपर्नेमा २ सिटको चुनाव सरेको छ । 

तमिलनाडुको वेल्लोर सिटमा मतदातालाई पैसा बाँडेको आशंकामा चुनाव रद्द गरिएको छ भने त्रिपूरा–पूर्वमा कनुव व्यवस्था ठीक नभएका कारण मतदान २३ अप्रिललाई सारिएको छ । 

यो चरणमा मतदान भइरहेका क्षेत्रमा कुल १५ करोड ७९ मतदाता छन् । १,६२९ उम्मेदवार चुनावी मैदानमा छन् । १ लाख ८१ हजार मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । 

मतदान भइरहेका ५ राज्यका ६८ सिटमा भाजपा नेतृत्वको एनडिए र कांग्रेस नेतृत्वको युपिएबीच सिधा टक्कर हुने सर्वेक्षणहरुले देखाएका छन् । ३ राज्यका ९ सिटमा गठबन्धनभन्दा पनि भाजपा–कांग्रेस सोझो टक्कर छ । 

४ राज्यका १८ सिटमा कांग्रेस नभई क्षेत्रीय दलले भाजपालाई टक्कर दिनेछन् । यसमा उत्तर प्रदेशका ८, ओडिसाका ५, बंगालका ३ र कस्मिरका २ सिट छन् । 

सन् २०१४ को चुनावमा यी ९५ सिटमध्ये भाजपाले २७ सिट जितेको थियो । भाजपासँगै गठबन्धनमा रहेको तमिलनाडुको क्षेत्रीय दल अन्नाद्रमुकले ३६ सिट हात पारेको थियो । कांग्रेसलाई १२ सिट मिलेको थियो । 
 





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार ११:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया