अख्तियारले वाइडबडी प्रकरणमा संलग्न पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलायो

काठमाडौं– वाइडबडी खरिद सम्बन्धमा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमान खरिद प्रक्रियामा संलग्न पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाएको छ ।

अख्तियारले बिहीबार दोस्रोपटक सूचना जारी गर्दै आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जिएमबिएम र पोर्चुगलको हाई फ्लार्इ एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको हो ।

अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन ती कम्पनीलाई आग्रह गरेको छ । तोकिएको समयसीमाभित्र बयानका लागि नआए कानुनी रूपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

दुईवटा वाइडबडी विमान खरिद गर्दा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानबिन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगम सञ्चालक समितिका पूर्वपदाधिकारी, निगमका कर्मचारीसँग बयान लिएको छ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १३:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया