गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नपाउँदै संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद् सचिवालयमा पठाएका छन् । उनले सोमबार दिउँसो ३ बजे प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मंगलबार संसद्मा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएकाे संसद् सचिवालयले जनाएको छ । विश्वासको मतको टुंगो नलाग्दै नीति तथा कार्यक्रम पेस गर्ने सूचना पठाउनुले उनी विश्वासको मत पाउनेमा ढुक्क देखिएकाे बुझ्न सकिन्छ ।
गण्डकीमा बहुमतका लागि ३१ सिट चाहिन्छ । अहिलेसम्म उनीसँग कांग्रेसकाे २७ सिट मात्रै सुरक्षित छ । पाण्डेलाई राप्रपाका दुई र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिने सम्भावना छ ।
उनलाई बहुमतका लागि अझै थप एक सिट अपुग देखिन्छ । त्यसका लागि माओवादीको चुनाव चिह्नबाट जितेका फणिन्द्र देवकोटाको सहयोग लिने कांग्रेसको योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।