logo-img

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो । 

योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको सुपर एट सम्भावना सकिएको छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेलमा जित निकाले पनि ऊ सुपर एटमा पुग्ने छैन । 

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । 
 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया