logo-img

तीनै तहका सकारले वित्तीय अनुशासन कायम गर्न सकेनन् : कांग्रेस सांसद परियार

नेपाली कांग्रेसका सांसद जीवन परियारले तीन वटै तहको सरकारले वित्तीय अनुशासन कायम गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तीय अनुशासन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताएका हुन् । 

एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शीर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो । 

उनले भने, ‘एउटै शीर्षकबाट खर्च गर्न सकिने बजेटहरू विभिन्न मन्त्रालयबाट विभिन्न शीर्षकहरू बनाएर खर्चहरू बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ । त्यसैले कानुन मन्त्रालयको सन्दर्भमा बजेटको उपशीर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शीर्षक राखिएको छ । यसका अलावा पदाधिकारीका अन्य सुविधा, पदाधिकारको बैठक, पदाधिकारीको भत्ता लगायतका शीर्षकमा रकमहरू क्रमशः प्रत्येक वर्ष बढाउँदै लगिएको छ । यसै वर्ष पनि क्रमशः एक लाख, सोह्र लाख, सत्र लाख गरी पटक पटक रकम वृद्धि हुँदै गएको छ । त्यसैले रकम घटाएर वा शीर्षकहरूको रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने औपचारिक प्रस्ताव पेस गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया