रथ तान्ने क्रममा विवाद बढेर ढुंगा हानाहान हुँदा भक्तपुरमा ९ घाइते

भक्तपुर– बिस्केट जात्राको रथ तान्ने क्रममा भक्तपुरमा गएराति ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । ढुंगा हानाहानबाट भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ, मनीष कासुला र रिमेश शाही घाइते भएका छन् ।

घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेकाे छ । 

गःहिटीबाट रथ तान्ने क्रममा तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याउँदा एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।

रथबाट खसेर भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु रथबाट लडेर घाइते भएका हुन् ।

केहीबेर तनाव भएपनि स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।

भक्तपुरमा रथ तान्ने क्रममा यसभन्दा अघि पनि पटक–पटक विवाद हुँदै आएकाे थियाे । 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार ११:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया