सुनचाँदी व्यवसायलाई उद्योगको दर्जा दिनुपर्छ: लकान्द्री

काठमाडौँ– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायलाई फराकिलो र व्यवस्थित बनाउन उद्योगको दर्जा दिएर सरकारले मजबुत बनाउनुपर्ने बताएका छन् ।    

शुक्रबार फरकधारसँग कुरा गर्दे उनले सुनचाँदी व्यवसायको प्रावधान मिलाएर उद्योगको रूपमा लैजानुपर्ने बताएका हुन । उनले सुनचाँदी व्यवसायीहरू ‘होल मार्केटिङ सिस्टम’ जान आतुर रहेको बताए । 

सुनचाँदी क्षेत्र त्यत्ति कै पनि राज्यलाई पेसा र व्यवसायको रूपमा लाभ दिँदै राजश्व अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यवसाय मध्यको एक व्यवसाय रहेको अध्यक्ष लकान्द्रीको भनाइ छ । 

उनले मुलुकभर २३ हजार सुनचाँदी व्यवसायी रहेको बताए । उनीहरूले तयार गरेको मौलिक गरगहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सरकारले सहयोग गर्नुपर्ने लकान्द्रीले बताए । 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार ११:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया