नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा उडान प्रतिबन्धमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको थियो । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक–पटक दोहोर्याएको जनाउँदै उनीहरूमाथि प्रतिबन्ध लगाइएको थियो ।
लगत्तै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।
छानबिन समितिले क्याप्टेन भावना पन्तलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको) गरिएको थियो ।
तर, क्याप्टेन लामामाथिको प्रतिबन्ध भने अझै जारी छ । प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार लामाको विषयमा छानबिन भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।