logo-img

बागमती सरकार : दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय

बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । 

यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमति दिएको पनि श्रेष्ठले बताए । 

बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया