logo-img

विपदमा परेकाको समयमै उद्धार गर्न माग

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकैपरिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । 

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए । ‘हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्न सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ’, उनले भने । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया