काठमाडौं– नेकपाका नेता भीम रावलले बालुवाटारको सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न माग गरेका छन् । सो जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेलसमेत मुछिएपछि नेता रावलले मुख खोलेका हुन् ।
रावलले ट्विटरमार्फत जग्गा कब्जा गर्नु कुकार्य भएको भन्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् ।
‘द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भए पनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो,’ रावलले लेखेका छन्, ‘प्रधानमन्त्री निवास छेउको जग्गा कब्जा गर्नेलगायतलाई कारबाही गर्न सरकार सफल होस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।