काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौंको शान्तिवाटिकामा धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्र्नेमा केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, महासचिव गुणराज राजभण्डारी, केन्द्रीय सदस्य त्रिविक्रम सिंह र जयवीर राउतलगायत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।