नेविसंघको तदर्थ समितिमा ३२ वर्ष नाघेकालाई नै ल्याउने तयारी

काठमाडौं– नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहदको विधान पारित भए पनि फेरि ३२ वर्ष माथिकालाई समेटेर तदर्थ समिति गठन गर्ने तयारी गरिएको छ । ४९औँ स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । 

कार्यक्रममा बोल्दै देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन् । सभापति देउवाले सबैको भावना समेटेर नयाँ तदर्थ समिति ल्याउन लागिएको बताए ।

‘हामी चाँडै नेविसंघको तदर्थ समिति ल्याउँछौं’, उनले भने, ‘३२ वर्षमाथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने खालको विद्यार्थीको भावना समेट्ने र इच्छाअनुसार काम गर्न सक्ने समिति ल्याउँछौँ ।’

पछिल्लो समय सरकारका गतिविधिले लोकतन्त्र नै खतरामा परेको भन्दै सभापति देउवाले यसका विरुद्ध लाग्न सबैलाई आग्रह गरे । 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १७:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया