९ खेलमा बैंग्लोरको दोस्रो जित, ३५ खेलपछि कप्तान विराटले बनाए शतक

काेलकाता– आइपिएलमा लगातार खराब नतिजा खेपिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले सिजनको आफ्नो नवौँ खेलमा कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ ।

गएरातिको खेलमा कप्तान विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले कोलकातालाई उसकै मैदानमा १० रनले हरायो । कोलकाताविरुद्ध लगातार पाँच हारपछि बैंग्लोरको यो पहिलो जित हो । २०१६ यता बैंग्लोरले कोलकातालाई जित्न सकेको थिएन ।   

पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनायो । यसमा कप्तान विराट कोहलीको शतकीय योगदान रह्यो । आइपिएलमा विराटको यो पाँचौँ शतक हो । २०१६ मा चौथो शतक बनाएका विराटले पाँचौँ शतकका लागि ३५ इनिङ कुरे । 

अन्तिम बलमा क्याचआउट भएका विराटले १०० रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र ४ छक्का हिर्काए । मोइन अलीले ५ चौका र ६ छक्का हिर्काए । विस्फोटक ब्याटिङ गरेका अलीले २८ बलमा ६६ रन जोडे ।

कोलकाताका एन्ड्रे रसेल, सुनिल नाराइन र ह्यारी गुर्नीले समान १ विकेट लिए । 

२१४ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो ।



कोलकाताका लागि नितिश राणाले ४६ बलमा नटआउट ८५ रन हाने । उनले ९ चौका र ५ छक्का हिर्काए । आन्द्रे रसेलले २५ बलमा २ चौका र ९ छक्का हिर्काउँदै ६५ रन बनाए । उनीहरुको विस्फोटक ब्याटिङका बाबजुद कोलकाताले लक्ष्य भेट्न सकेन । 

बैंग्लोरका डेल स्टेनले २ विकेट लिए भने नवदीप सैनी र मार्कस स्टोइनिसले १ १ विकेट लिए । 



जितसँगै बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना कायमै छ । उत्कृष्ट ४ मा पर्न उसले बाँकी सबै खेल जित्नुपर्नेछ ।

  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार ८:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया