२९ वर्षे महिलाको कोठैअगाडि शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर– मोरङको पथरी बजारछेउ २९ वर्षे महिलाको शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिना बस्नेतको शव आज बिहानै विभत्स अवस्थामा उनकै कोठाअगाडि भेटिएको हो ।

रिना गएराति पथरी बजारमा भएको सांस्कृतिक कार्यक्रममा छोरालाई साथमै लिएर गएकी थिइन् । बालक छोरासँगै राति घर फर्किएकी रिनाको बिहार्न कोठाअगाडि शव भेटियो । 

शवको चेकजाँच गर्दा रिनाले राति मदिरा सेवन गरेको देखिएको मोरङ प्रहरीले बताएको छ । रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । रिनाको टाउकोमा गहिरो चोट छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । 

रिनाका श्रीमान् रोजगारीका क्रममा विदेशमा छन् । पथरीमा कस्मेटिक पसल चलाउने रिना छोरासँग डेरामा बस्दै आएकी थिइन् ।





  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार ९:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया