सालिक अनावरण गर्न बुटवल हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बुटवलतर्फ लागेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन ओली केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किनेछन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली कावासोतीमा रहेको सिजी पार्क, शाश्वत धाम पनि पुग्नेछन् । 





  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार ११:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया