विष्णु पौडेलले किन किने सरकारी जग्गा ?

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सरकारी निवास बालुवाटारको जग्गा विवादबारे शुुक्रबार वक्तव्य निकालेर स्पष्टीकरण दिएका छन् ।  

जग्गा विवादको विषयमा आफ्नो नाम जोडेर समाचार आएसँगै आलोचना चुलिएपछि उनले स्पष्टीकरण दिएका हुन् । 

नेता पौडेलले विज्ञप्तिमा काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका–१० मा पर्ने पूर्व–पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । 

पौडेलले सरकारी जग्गा किन र कसरी किने भन्नेमा भने केही खुलाएका छैनन् । उक्त जग्गा किन्दा आफू मन्त्री, सांसद् तथा कुनै पनि सरकारी पदमा नरहेको मात्रै बताएका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘काठमाडौंमा जग्गा खरिद गर्दा म मन्त्री, सांसद तथा कुनै पनि सरकारी पदमा थिइनँ ।’

नेता पौडेलले सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न गरेको निर्णयको स्वागत गरेका छन् । 



छोरा नवीनको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ००–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कुल आठ आना) जग्गाले जनमानसमा भ्रम सिर्जना गर्ने गरी सत्यतथ्यभन्दा बाहिर गएर समाचार प्रसारित भएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । 



  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार १२:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया