मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । उनको उपचारको क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघदेखि मस्तिष्कघात भई उपचाररत थिए । उनको अन्त्येष्टि आज गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।