logo-img

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने आजको प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहनेछ । 

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो मन्त्रालयअन्तर्गतका राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

मंगलबारको बैठकमा सांसदले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची छ । 

बैठकमा सांसद अमरेशकुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान र विना लामाले खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको हो ।  





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया