भारतका मुख्य न्यायाधीश रन्जन गोगोईमाथि यौन उत्पीडिनको आरोप

एजेन्सी– भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोईमाथि उनकी पूर्वसहयोगीले यौन उत्पीडनको आरोप लगाएकी छिन् । भारतीय सन्चारमाध्यममा यो समाचार आएपछि शनिबार तीन न्यायाधीशको बेन्च सर्वोच्चमा बसेको थियो । 

भरतीय पत्रकार सुचित्र मोहन्तीका अनुसार गोगोईको अध्यक्षतामा बसेको न्यायाधीश अरुण मिश्रा र सन्जीव खन्नाको बेन्चले गोगोईले राजीनामा दिने विषयमा छलफल गरेको थियो । गोगोईले आफूमाथि लागेको यो आरोप खासमा न्यायपालिकाको स्वतन्त्रतालाई गम्भीर खतरा भएको र न्यायापालिकालाई अस्थिर बनाउन गरिएको षडयन्त्र भएको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश गोगोईले भनेका छन् आफूलाई यौन उत्पीडनको आरोप लगाउने महिला अरुबाट सन्चालित भएको पनि बताएका छन् । आरोप लगाउने महिलाले एउटा चिठी सर्वोच्चका २२ न्यायाधीशलाई पठाएकी थिइन् जसमा गोगोईले आफूमाथि उत्पीडन गरेको र आफूलाई जागिरबाट हटाएको आरोप लगाइएको छ । 

यसरी आरोप लगाउने महिला आपराधिक मुद्दामा यसअघि मुछिएको र प्रहरी हिरासतमा पनि बसेको गोगोईले बताएका छन् । 

गोगोई अघिल्लो वर्ष भारतका तत्कालीन मुख्य न्यायाधीश दीपक मिश्राविरुद्ध प्रेस कन्फ्ररेन्स गर्ने चार न्यायाधीशमध्येका एक हुन् । 






  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार १५:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया