बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला एक युवाले कालो झण्डा देखाएका छन् । शनिबार ती युवाले नारा लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका हुन् ।

अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन’ भन्दै कालो झण्डा देखाएका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कालो झण्डा देखाउँदै गर्दा प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीतर्फ पक्राउ गर्न आदेश दिए । उनले मन्चबाट नै भने, ‘झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरूले ?, पक्राउ गर्नुस् ।’ 

प्रधानमन्त्री ओलीले कसैबाट परिचारित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन सबैलाई आग्रह गरे ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले मानसिक असन्तुलनका कारण त्यस्तो घटना भएको हुनसक्ने बताए । 





  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार १५:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया