प्रधानमन्त्री ओली भियतनाम र कम्बाेडिया जाने

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडिया जाने भएका छन् । भियतनाममा बैशाख पुर्णिमामा हुने विशेष समाराेहमा प्रधानमन्त्री ओलीलाई मुख्य वक्ताकाे रुपमा आमन्त्रित गरिएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

भियतनामपछि प्रधानमन्त्री कम्बाेडिया जानेछन् । 

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच सन् २०१५ मा भएकाे द्विपक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ।  

भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन गर्न लागिएकाे हाे । 

द्विपक्षीय भ्रमणका लागि भियतनाम र कम्बाेडियाबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएकाे हाे । 

 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार ७:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया