आफ्नै बच्चालाई जन्जिरले बाँधेर राख्ने बाबुआमालाई २५ वर्षकाे जेल सजाय

एजेन्सी–अमेरिकी अदालतले एक दम्पत्तिलाई आफ्ना १३ बच्चासँग अमानवीय व्यवहार गरेकाे भन्दै २५ वर्ष जेल सजाय सुनाएकाे छ । डेविड र लुइस टरपिनविरुद्ध उनका दुई जना छाेराछाेरीले अदालतमा प्रमाण पेश गरेपछि उनीहरुलाई दाेषी ठहर गरेकाे हाे । 

ती दम्पत्तीका एक बच्चाले क्यालिफाेर्नियाकाे घरबाट निस्केर उजुरी दिएपछि सन् २०१८ मा उनीहरुलाई प्रहरीले हिरासतमा लिएकाे थियाे । 

अदालतमा प्रमाण पेश गरेका दुई बच्चाले बताएअनुसार उनीहरु कलेज पढ्थे, उनीहरुका बाबुआमा सबै बच्चालाई यातना दिन्थे, न नुहाउन दिन्थे न खान खुवाउँथे ।

‘महिनाैंदेखि १३ जना बच्चालाई फलामकाे जन्जिरले बाँधेर राखेका थिए । याे क्रममा कुनै बच्चा बिरामी परे भने पनि उनीहरुकाे उपचार पनि गर्दैनथे । बच्चालाई पूर्णरुपमा बाहिरी संसारबाट अलग गरेका थिए ।’अदालतमा पीडित बच्चाहरुले दिएकाे बयानमा लेखिएकाे छ । 

 टरपिन दम्पत्तिविरुद्ध प्रहरीमा उजुरी गर्ने एक पीडितका अनुसार उनलाई दुई वर्षकाे उमेरदेखि २७ वर्षसम्म फलामकाे चेनले बाँधेर राखिएकाे थियाे । 

शुक्रबार अदालतमा सुनुवाई भएपछि घरमा कैद गरिएका बच्चाहरुले पुनर्जीवन पाएकाे प्रतिक्रिया दिएका छन् । ​





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार ९:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया