logo-img

सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा अस्ट्रेलिया, आज भारतसँग भिड्दै
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा आज उपाधि दाबेदार भारत र अस्ट्रेलिया खेल्दै छन् । यी दुई टिमबीचको बहुप्रतिक्षित खेल नेपाली समयअनुसार राति सवा ८ बजे सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।  

हालसम्म भारत र अस्ट्रेलियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले तीन र अस्ट्रेलियाले दुई खेलमा जित निकालेको विगत छ । समग्र टी–२० आई हेड टु हेडमा पनि अस्ट्रेलियाविरुद्ध भारत हाबी छ । उसले हालसम्म अस्ट्रेलियासँग ३१ टी–२० आई खेलेको छ, जसमा भारतले १९ र अस्ट्रेलियाले ११ खेल जितेको छ । 

सेमिफाइनलमा पुग्न अस्ट्रेलियालाई आजको खेल जित्नैपर्ने दबाब छ । उसले दुई खेल खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । अस्ट्रेलियाले बंगलादेशविरुद्ध जित निकाल्दा अफगानिस्तानसँग पराजय बेहोरेको थियो । ऊ अहिले दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

भारत भने बलियो अवस्थामा छ । यदि आजको खेलमा साघुँरो हार बेहोरे पनि भारत सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उसको नेट रन रेट राम्रो छ । भारतले जित निकालेमा अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कठिन बन्नेछ । 

यदि आज आफू अनुकूल नतिजा हात पार्न नसके अस्ट्रेलियाले अफगानिस्तानको हारको कामना गर्नुपर्ने छ । अफगानिस्तानले सोमबार बिहान बंगलादेशसँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया