logo-img

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले  उक्त बेजट वक्तव्य प्रस्तुत गरेकी हुन् । 

डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको जानकारी दिएकी हुन् ।  

‘काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१/८२ को लागी कूल २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौँ । यसअन्तर्गत काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल रु १ अरब ५० करोड रहेको छ । 

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ’, बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख डंगालले भनिन् । 

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ढलसहित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरु प्रस्ताव गरेको छ । 



पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले  विनियोजन गरेको छ ।  जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ ।

सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको डंगालले बताइन् । 



महानगरपालिकाले चालू आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो । 

  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया