नेकपा एकताः के माधव नेपालले जितेका हुन् ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको पार्टी एकीकरण टुंगोमा पुग्दैन कि भनेर आशंका गरिरहेका बेला अन्ततः पार्टी एकतामा सहमति भएको छ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय वैठक बसेर निष्कर्ष निकालिने र भोलि सार्वजनिक रूपमा पार्टी एकताको औपचारिक घोषणा गरिने नेकपाले जनाएको छ । 

११ महिना अघि एमाले र माअ‍ोवादी केन्द्र मिलेर बनेर नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय आफूहरुलाई अन्यायमा पारेको माधवकुमार नेपालले आरोप लगाउँदै आएका थिए । त्यति बेला पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी गठन भएको थियो । तर, पार्टीको तल्लो तहमा भने सहमति हुन भने ११ महिना लाग्यो । यो ११ महिनाबीच पार्टीको तल्लो तहको एकता गर्न एकता कार्यदल नेकपाले बनायो । कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजकसहित विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल थिए । लामो छलफलपछि एकता कार्यदलले प्रतवेदन दुई बुझायो । दुवैलाई अपूरो बताइयो । 

९ जना रहेको कार्यदलमा पनि गुट हावी भएकाले दुई प्रतिवेदन बुझाइएको सबैले बुझे । संस्थापन पक्षका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सदस्यहरूबीच मत बाझियो । ओली र प्रचण्ड गुटसँगमा कुरा मिले पनि नेपाल समूह ओली–प्रचण्ड गुटसँग सहमत हुन सकेन । 

पार्टीको स्थायी कमिटीले तल्लो तहको एकताका लागि ३ महिनाको समय दिएको थियो । एकतामा ढिलाई हुँदा पार्टी विघटन हुने अभिव्यक्तिी पार्टीकै जिम्मेवार नेताहरूले दिए । यसमा वरिष्ठ नेता झलनाथ खनाल र नेता भीम रावल अग्रपंक्तिमा देखिए । 

पार्टी भित्र र बाहिरबाट चर्को दवाब खेपेका अध्यक्षद्वयले पार्टी एकतालाई निष्कर्षमा पु¥याउन पहल गरेपछि एकता प्रक्रियाले हप्तादिन अघिदेखि प्राथामिकता पायो । एकतामा असन्तुष्ट रहेका झलनाथ खनाल, वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालासँग अध्यक्षद्वयले छुट्टाछुट्टै र एकल रूपमा भेटेर संवाद अगाडि बढाए । दिनको ४ पटकसम्म ओली र प्रचण्डले असन्तुष्ट नेताहरुसँग एक्लाएक्लै भेटेका थिए । 

पार्टी एकता लम्बिनुमा पार्टी एकता मुख्यगरी वरिष्ठ नेता नेपाल दोष रहेको ओली–प्रचण्ड पक्षधरको आरोप छ । तर तल्लो तहको एकता गर्दा पार्टीको विधि र विधान अनुसार अगाडि बढेर निर्णय गर्न नेता नेपालले नेतृत्वलाई सुझाएका थिए । 



जिल्ला कमिटीका पदाधिकारी र पोलिटव्यूरो चयनमा ठूलो विवाद रहेको थियो । नेपाल समूहले पदाधिकारी र पोलिटव्यूरो चयनमा विधि, वरियताको कुरा पार्टी एकतामा उठाउँदै आए । उनले दुईवटा मान्यता अगाडि सारेका थिए । एक, मापदण्ड र अर्को व्यक्ति छनोटको प्रक्रिया । फरकधारसँग कुरा गर्दे माधवकुमार नेपाल निकट मानिने स्थायी कमिटी सदस्य वेदुराम भुसालले मापदण्ड र व्यक्ति छनोटको विषयमा अध्यक्षद्वय सहमति भएको जानकारी दिए । 

यसरी हेर्दा पार्टी एकतामा वरिष्ठ नेता माधवकुमार नेपालको जित भएको पार्टीका अर्का अध्यक्ष प्रचण्ड घुमाउरो ढंगले स्वीकार गर्छन् । आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सिद्धान्तमा टेकेर एकता टुंगिने बताए । उनले भने, ‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं ।’ 



नेपाल निकट मानिने अर्का नेता भीम रावलले पनि पार्टीमा दुई अध्यक्ष स्वच्छाचारी नबनी पार्टी विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । उनले पार्टीको नीति, सिद्धान्त अनुसार पार्टी चल्नुपर्ने बताए । रावलले पार्टी निर्णयलाई कार्यान्वयन नगर्ने र विगतमा जस्तै गल्ती दोहो¥याउँदै जाने हो भने पार्टी दुर्घटनामा पर्ने जानकारी दिए । उनले पार्टी दीर्घकालिन हुनेमा भने शंका व्यक्त गरे । 

  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १८:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया