logo-img

भारतले अस्ट्रेलियासामु २ सय ६ रनको लक्ष्य प्रस्तुत

टी–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा भारतले अस्ट्रेलियासामु २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको हो ।

रोहितले मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए ।

त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए । त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै सिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए । तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए । जोस हेजलवुडले एक विकेट हात पारे ।

भारत समूहको शीर्ष स्थानमा रहँदै बलियो स्थितिमा छ । स्थान सुनिश्चित गर्नका लागि अस्ट्रेलियाले भने आजको खेल जित्नै पर्ने दबाबमा छ । सुपर ८ को समूह १ अन्तरगतको आजको खेलले सेमिफाइनलमा पुग्ने टोलीको सुनिश्चितता गर्नेछ । 





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया