दैनिक आधा घन्टा ब्याडमिन्टन, हुन्छन् यस्ता फाइदा

एजेन्सी– स्वस्थ्य हुने रहर कसलाई पो नहोला र ? तर, कहिलेकांही चाहँदाचाहँदै पनि जिमसम्म वा कुनै क्लबसम्म पुग्न सकिँदैन । यस्तो बेला पनि शरीरको तौल चाहिँ घटाउन मन लागिरहेको हुनसक्छ । त्यसका लागि ब्याडमिन्टन सबैभन्दा राम्रो उपाय हुनसक्छ । 

किनकि ब्याडमिन्टन खेल्दा पूरै शरीरले कसरत गर्न पाउँछ । दैनिक आधा घन्टामात्र ब्याडमिन्टन खेल्यो भने पनि हाम्रो शरीरलाई राम्रो व्यायाम हुन्छ । एक घन्टा नै ब्याडमिन्टन खेल्ने हो भने त झन् हाम्रो शरीरबाट ४५० देखि ५०० क्यालोरीसम्म बोसो नस्ट पनि हुनसक्छ ।

हाम्रो शरीरको मांशपेशीहरु अझ बलियो बनाउन देखि ब्याडमिन्टनले हाम्रो शरीरका महत्वपूर्ण अंगहरु मुटु, मिर्गौला तथा कलेजो पनि स्वस्थ्य राख्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १८:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया