पाकिस्तानलाई मोदीको चेतावनी– परमाणु बम दीपावलीका लागि राखेका होइनौँ

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको भारत पहिलेजस्तो आणविक हतियारको धम्कीबाट नडराउने भन्दै भारतको परमाणु बमलाई दीपावलीको पटाका नसम्झन पाकिस्तानलाई चेतावनी दिएका छन् । 

‘भारतले पाकिस्तानको धम्कीबाट डराउने नीति छोडिदियो । विगतमा पाकिस्तान परमाणु बमको धम्की दिन्थ्यो,' राजस्थानको बाडमेरमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, 'ऊ भन्थ्यो कि हामीसँग न्युक्लियर बटन छ । त, भारतसँग के छ भाइ ? यो परमाणु बम हामीले दीपावलीका लागि राखेका हौँ के ?’

आफूले घरभित्रै घुसेर आतंकवादीलाई मारेको भन्दै माेदीले 'उता चोट लाग्दा यता दुःखेको' टिप्पणी गरे । उनको यो टिप्पणी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति लक्षित थियो, जसले पाकिस्तानको बालाकोटमा भारतले गरेको एयर स्ट्राइकपछि आक्रमणको निसाना आतंकवादी नै भएको सबुत दिनुपर्ने बताएकी थिइन् ।

समाचार एजेन्सी एएनआईले माेदीकाे सम्बाेधनकाे अ‌ंश ट्विटरमा सेयर गरेकाे छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २०:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया