डडेल्धुरा पूर्ण साक्षर जिल्ला

डडेल्धुरा– डडेल्धुरालाई पूर्ण साक्षर जिल्ला घाेषणा गरिएकाे छ । सात स्थानीय तह रहेको डडेल्धुरालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा १५ देखि ६० वर्ष उमेरको कुल जनसंख्या ८९ हजार ८ सय ८ रहेकोमा ८६ हजार ९ सय ३२ जना साक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लामा अझै २ हजार ८ सय ७६ जना निरक्षर छन् ।

१५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्न पाइने अन्तर्राष्ट्रिय मान्यताअनुरुप पूर्ण साक्षर गरिएकाे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणदत्त भट्टले बताए ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका ७ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । 

याेसँगै डडेल्धुरा ५० औं पूर्ण साक्षर जिल्ला भएकाे छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १०:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया