चिनियाँ विद्यार्थीले बनाए आँखाको इसाराले चल्ने स्मार्ट ह्विलचेयर

बेइजिङ– चीनको जिडियान विश्वविद्यालयका ५ छात्रले कृत्रिम बैद्धिकतायुक्त ह्विलचेयर बनाएका छन्् । देख्नमा यो दिवंगत विकलांग वैज्ञानिक स्टेफेन हकिङको ह्विलचेयरजस्तै छ । 

यो ह्विलचेयर आँखाको इसारामा चल्न सक्ने युनिभर्सिटीका वैज्ञानिकहरुको दाबी छ । 

यो पूरै शरीरमा प्यारालाइसिस भएकाहरुका लागि विशेष फलदायी हुनेछ । यो विशेषगरी एएलएस (एमियोट्रोफिक ल्याटेरल स्लेरोसिस) का बिरामीलाई लक्ष्य गरी बनाइएको हो । किनकि, यो रोगका बिरामीको पूरै शरीरले काम गर्दैन । यस्तो ह्विलचेयरको मद्दतले उनीहरुको जीवनलाई निकै सहज बनाउनेछ । छात्रहरुलाई यो ह्विलचेयर बनाउन झन्डै ६ महिना लाग्यो । 

आधुनिक प्रविधिको प्रयोग भएको यो स्मार्ट ह्विलचेयर इन्टरनेटको सहाराले चल्छ । बिरामीको आँखाको चाललाई बुझेर सोहीअनुरुप आफ्नो चाल निर्धारण गर्छ । यसले रातमा पनि आँखाको चाल ‘डिटेक्ट’ गर्न सक्छ । 
 





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १३:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया