मधुमेह रोगीका लागि लाभदायक करेलाको जुस

मधुमेह आममानिसको ठूलो चिन्ताको रूपमा फैलिएको छ । यस रोगका कारण मानिसले आफूलाई मन परेको खाना खानबाट समेत वञ्चित भएका छन् ।

मधुमेह रोगका कारण मानिसमा ब्लडप्रेसर बढ्ने हुन्छ । मधुमेहका कारण मानिसमा अरू रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । मधुमेह रोगका कारण मोटोपनको समस्या, श्वासप्रश्वास तथा मुटु रोगसम्बन्धी समस्या, किड्नीमा समस्या हुने गर्छ । 

मधुमेह नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो रोगको ३ वटा चरण हुन्छन् । रोग पहिलो र दोस्रोे चरणमा छ भने मानिसले खानपानमा ध्यान दियो भने यो रोग नियन्त्रण हुन्छ । तेस्रो चरणमा पुगेपछि यो रोगको समाधान गर्न औषधिका प्रयोग गर्नुपर्छ । 

मधुमेह रोग नियन्त्रण गर्न तितेकरेलाको जुस प्रयोग महत्वपूर्ण मानिन्छ । तिते करेलाको नियमित प्रयोगले मानिसलाई सक्रिय बनाउँछ । यसको प्रयोग गर्नाले मोटोपनमा पनि कमी आउँछ । करेलामा रहेको क्याटरिन नामक तत्वले सुगर नष्ट गर्छ र रगतको प्रवाह बनाइराख्न मद्दत पुर्याउँछ ।   

करेलाको जुस बनाउनका लागि त्यसलाई काटेर करेलाभित्र भएको सेतो भागलाई फाल्नुपर्छ । करेलालाई ३० मिनेटसम्म चिसो पानीमा भिजाएर राख्नुपर्छ । त्यसपछि जुस मेकरमा राख्ने अनि त्यसलाई पिसेर पातलो कपडाले छान्ने । अब करेलाको जुस पिउनयोग्य भयो । यो जुस हप्तामा २ देखि ३ दिन खानाले मधुमेह रोगीलाई धेरै फाइदा पुर्याउँछ ।      
 





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १८:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया